हासौं

धुर्मुसले एउटा राम्रो र महँगो कट्टु किनेछ | अब अरुलाई देखाउनु त परिहाल्यो धुर्मुसे को बानी नै हो तर कट्टु जस्तो चीज कसरी देखाउनु | धेरै सोचेपछि दिमाग मा एउटा उपाय फुरेछ | त्यसपछि दशरथ रंगशालामा लुंगी बेरेर भकुण्डो हेर्न भनेर गएछ | जब जब गोल लाग्थ्यो धुर्मुसे गुर्र्र कुदेर चौरी को बिचमा गएर लुंगी फुकालेर गोल भन्दै उफ्रिन्थियो अनि सारा दर्शक धुर्मुसेतिर हेर्दै ताली बजाउथे ४/५ पटक लगातार त्यस्तै भयो | खेल सिद्धीएपछि धुर्मुसे घर गयो र सुन्तेलाई ::
धुर्मुसे : ओइ, सुन्ते आज मैले मेरो हिजो किनेको नया कट्टु सबैलाई पो देखाए नि होउ ....
सुन्ते : कुन कट्टु हिजो को नया कट्टु त यही छ त ......
धुर्मुसेले आफ्नो लुंगी फुकालेर हेर्दा त कट्टु नै लगाउन बिर्सेछ.......आबुई मरेमत
....................................................................................

रक्सीको कारण बरबाद भए तोलबिरे ले कसम
खायो र रक्सीको बोटल फ्याक्न थाल्यो ।
पहिलो बोटल फ्याक्दै तेरो कारण ले
मेरो नोकरी गयो
दोस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो घर
बेच्नु पर्यो
तेस्रो बोटल फ्याक्दै तेरो कारण ले
मेरो स्वास्नि पोईला गई
चौठा बोटल फ्याक्न उठाएको मात्र के
थियो त्यो बोटल भोरी थियो ।
तोलबिरे - तँ चाँही साईड लाग अहिले सम्म
तेरो कुनै गल्ती छैन ।
....................................................................................

एक जना केटि आफ्नी आमा को अगाडी रुदै
आमा : के भयो छोरी ?
छोरी: मा बोक्सी जस्ती देखिन्छु त ?
आमा : देखिन्दैनौ
छोरी : के मेरा आखा भ्यागुताका जस्ता ठुला छन् ?
आमा : छैनन्
छोरी : मेरो नाक थ्याप्चो छ ?
आमा : छैन छोरी छैन
छोरी : म के हात्ती जस्ती मोटी छु ?
आमा : तिम्रो जीउ सलक्क परेको छ तिमी त ........ पुतली जस्ती छौ ..
छोरी : त्यसो भए सबै मान्छेहरु किन मलाई त आमा जस्ती देखिन्छेस् भन्छन त ??
....................................................................................

एउटा आइमाई श्रीमानको मिल्ने साथीसँग डेटिङमा गई छन ।
फोनको घन्टी बज्छ ।
आइमाई : हजुर, हुन्छ ! बाइ
आइमाई आफ्नो प्रेमीलाई हेदै हास्छिन : मेरो श्रीमानले भन्नु भयो कि उहा तपाईंसँग गल्फ खेल्दै हुनुहुन्छ रे
....................................................................................

माग्ने: साहेब २० रुपैयाँ दिनुहोस् न कफी पिउनु मन लाग्यो ।
साहेब: किन २० रुपैयाँ नि ? कफी त १० रुपैयाँ कपमै आउछ त ।
माग्ने: साहेब, साथमा girlfriend पनि छ नि त ।
साहेब: माग्ने भएर girlfriend बनाएर हिड्छौ ?
माग्ने: होइन साहेब, girlfriend ले चाँही माग्ने बनायो ।
....................................................................................

शेरे:- जे होस्....मम खायो टन्न
भोलीपल्ट देखी डाइरियाले समातिहाल्यो शेरेलाई,, शेरे पुग्यो डाक्टरकोमा ।
शेरे : डाक्टर साब, पखाला रोकिएन । पानीजस्तो जान्छ ।
डाक्टर : यस्तोमा त कागती प्रयोग गर्नुपर्छ । गर्नुभएन ?
शेरे : गरेको डाक्टर साब । कागती प्रयोग गरुन्जेल रोकिन्छ, निकालेपछि फेरी पानीजस्तो जान थालिहाल्छ.
....................................................................................

Husband र wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।
wife: (जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband: नमस्ते ससुरा बा ।
....................................................................................
राजू : पत्नी का जन्मदिन याद राख्ने कुनै सजिलो तरीका बताउन सक्छस ?

रमेश : एकदम सजिलो छ ! बस एक पटक उसको जन्मदिन बिर्सिदे, अनि तैले त्यो दिन जीवन भर याद राख्नेछ्स !!!
....................................................................................

सासु (बुहारी सँग रिसाउदै):
भगवानले तँलाई २ वटा आँखा दिएको छ , चामलमा २ - ४ ढुङ्गा निकाल्न सकिनौ ??
बुहारी : तपाईंलाई पनि भगवानले ३२ वटा दाँत देको छ त २ - ४ वटा चपाउन सक्नु भएन त ?
....................................................................................

सरकार ले भन्छ कि एक छोरी लाइ पढायो भने घर का चार जना को शिक्षित बनौछे , तर त्येही छोरी कॉलेज पढ़ने समयमा 40 छोराहरु फेल हुँदा चाही के हुन्छ नि?
....................................................................................
हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला !!
जापानमा भए :- हुतिहारा नेतामोरा
रस्सियामा भए :- अतिचुस्की बुद्धिफुस्की
चीनमा भए :- घुस लि
अमेरिकामा भए :- बाँदरसन् मेट
श्रीलंकामा भए : जनतामारा गुन्डानाईके
....................................................................................

- (आफ्नो साथीको आँखा रातो रातो देखेर) हैन तिम्रो आँखा किन यस्तो रातो रातो ?
- मेरो पति बिरामी छ नि त त्यसैले ...
- अनी तिमीले त कुनै नर्स राखेको छौ रे हैन उसलाई हेरबिचार गर्न ?
- अँ, त्यसै कारण त मलाई रात भरी जाग्नु पर्छ नि ।
....................................................................................

एउटी सासुले आफ्ना तिन ज्वाईंहरुको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।
ठूलो ज्वाईंले उनलाई बचाए र सासु आमैले उसलाई मर्सिडिज कार उपहार दिईन् ।
अर्को दिन फेरी हामफाल्दा कान्छो ज्वाईंले उनलाई बचाए र उनले रोयल ईन्फिल्ड बाईक पाए ।
तेस्रो दिन फेरी हामफाल्दा माईलो ज्वाईले सोचे "अब एउटा साईकल बाँकी छ के को टाउको दुखाउनु!"
र सासु आमै डुबेर मरिन तर उनले ५ तले घर नै उपहार पाए ।
... कसरी ?
.
.
.
.
.
.
ससुराले उपहार दिएछन् ।
....................................................................................

श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउ ठाउमा पूर्णबिराम दिन भुलिछिन जब याद आयो हतार हतारमा हचुवाको भरमा पूर्णबिराम लगाइछिन् र चिठीको नमुना यस्तो भयो............. तपाइले धेरै दिन बितिसक्दापनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई। जागिर बाट निकालिदियो हाम्रो गाइले। बाछा पायो अंकलले। चुरोट पिउन छोड्यो मैले। धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटि सिमा । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरा । आज भोलि अन्डा दिनै छाडी हजुरको आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ..:
....................................................................................

एउटा सुन्दर केटीले बाटोमा पांग्रेसँग लिफ्ट मगिन र पांग्रेले लिफ्ट दियो !!
बाटोमा तिनी बिरामी भईन --> "TENSION"
डाक्टर: ल बधाई छ, तपाईं बुवा बन्नु भयो। --> अर्को "TENSION"
पांग्रे : यो बच्चाको बुवा म होइन ।
केटीले भनिन: यो नै बच्चाको बुवा हो । --> झन "TENSION"
खैलाबैला भयो, पुलिस आयो, अनी पांग्रेको D.N.A. चेकअप भयो
रिपोर्ट आयो , तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ । --> झनै "TENSION"
पांग्रे : "THANK गड" भन्दै निस्कियो
फेरी सोच्यो.....अरे घरमा भएको २ वटा चाँही कस्को हो त ?
महा "TENSION"
....................................................................................

नोकर:- मालिक्नी, मालिक्नी! सानो बाबु ले cockroach खायो !!!
मालिक्नी:- लौन छिटो गर यस्लाई हस्पिटल लानु पर्‍यो ।
नोकर:- पर्दैन मालिक्नी Tension नलिनुस्, मैले सानो बाबुलाई BAYGON ख्वाइदी सके !!
....................................................................................

राजेश हमाल साँझको समयमा ठमेलको रमझम हेर्दै हिंडिरहेका थिए त्यत्तिकैमा एउटा पागलसंग जम्काभेट भयो ।
पागलः तँ भूवन केसी होस् ?
राजेशः हैन.. म राजेश हमाल हो ।
पागलः हैन.. तँ त भूवन केसी नै होस् यार !
राजेशः म राजेश हमाल नै हो भन्या सुनिनस् !
पागलः छ्या.. तँ भूवन केसी नै होस.. मलाई राम्ररी थाहा छ ।
राजेशः ल ल म भूवन केसी नै हो.. अब भयो हैन ?
पागलः तर... हेर्दाखेरि तँ राजेश हमाल जस्तै देखिन्छस् यार..
....................................................................................