तिमी भन्थ्यौ

दुनिंयाँ ले डाहा गरे बसाइ अन्तै सार्छु भन्थ्यौ,
तिमीलाई पाए भने सबको माया मार्छु भन्थ्यौ ।

आँसु जति मेरो भाग खुसी तिम्रै नाम भयो,
आफु बसि अध्यारोमा उज्यालोमा पार्छु भन्थ्यौ ।

तिमी बिना मेरो जिवन अधुरो र अपुरो छ,
डुब्नु परे मै डुबुला सागर तिमीलाई तार्छु भन्थ्यौ ।

मलाई केथा दैबले नि तिमी माथी आँखा लाछ,
मेरैलागी आफ्ना सबै खराबि लाई खार्छु भन्थ्यौ ।

0 तर्कहरु:

Post a Comment