हुन्न

नचाल भो जालीखेल तिम्रो ईच्छा पुरा हुन्न,
नथाल भो मनै भरि कल्पनामा माला उन्न।

जति तिम्ले सोचेकाछौ त्यति कम्जोर छैन हेर,
नढाल भो निर्दोष रुख मैले हिड्ने बाटो थुन्न।

दु:ख पीडा बुझि सकेँ एक्लै बाँच्न सिकि सकेँ
नगाल भो मेरो मन तिम्रो सामु कहिल्यै रुन्न।

मनभित्र कुरा लुकाई मुखले मीठा कुरा गर्छौ,
नफाल भो बोली खेर अब मलाई छैन सुन्न।

कति दिन टिक्छ तिम्रो षड्यन्त्रका जालझेल,
नबाल भो लाख बत्ती थाल अर्कै बाटो चुन्न।

0 तर्कहरु:

Post a Comment