माथि चड्न लगायौ

माथि चड्न लगायौ चडिदिएँ
तल झर्न लगायौ झरिदिएँ

अधुरो थियो हिजोसम्म बैँस
रातभर भर्न लगायौ भरिदिएँ

पिउन छाडेको कति भो कति
पिई लड्न लगायौ लडिदिएँ

सासले भने साथ छोडेन
तिम्ले मर्न लगायौ मरिदिएँ

नियतिको खाल्डो थियो सामु
मलाई पर्न लगायौ परिदिएँ

तिम्ले आफै फूल उमार्छु भन्यौ
बिउ छर्न लगायौ छरिदिएँ

सम्पुर्ण रुझ्ने चाहना गर्यौ
मन्परि पर्न लगायौ परिदिएँ

0 तर्कहरु:

Post a Comment